Like us!
Follow us!

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.०९ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.०९ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?

लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २८३.०९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २६ करोड २६ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा २४१.१४ प्रतिशतले बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ९८ करोड ८३ लाख ८ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३०.४७ प्रतिशतले बढेर  ४३ करोड १७ लाख १० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि ३९०.४३ प्रतिशतले बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

विवरण हेर्नुहाेस् : 

61075b7224714.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।