Like us!
Follow us!

अरुण काबेलीको नाफा १६८.३८ प्रतिशतले बढ्याे, ईपीएस कति ?

अरुण काबेलीको नाफा १६८.३८ प्रतिशतले बढ्याे, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १६८.३८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १० करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७० करोड ६७ लाख ६ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ७३.५५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४० करोड ७२ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

समिक्षा अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ६५.०५ प्रतिशतले बढेर ६७ कराेड ४२ लाख ८ हजार रूपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ४० कराेड ८४ लाख ७५ हजार रूपैयाँ रहेकाे थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा २९ करोड २२ लाख ५८ हजार रूपैयाँ रहेकाे छ । चाैथाे त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा पुगेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ ४३ पैसा पुगेकाे छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात २५.९४ गुणा रहेको छ ।

वित्तीय विवरण हेर्नुहाेस् :

61074ee8d7fe2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।