Like us!
Follow us!

मैलुङ खोलाको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

मैलुङ खोलाको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, काठमाडाैँ - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा मागभन्दा ३५.२८ गुणा धेरै आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना लगानीकर्ताले २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे ६ लाख ८४ हजार ७ सय ४६ कित्ता भन्दा ३५.२८ गुणा धेरै आवेदन हो ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते, बुधबार अनुमति प्रदान गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा भाेलि साउन १८ गतेसम्ममा आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।