लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार सामान्य बढेको छ । आज नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पगेको छ ।
झिनो अंकले बढेको बजारमा आज सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ६ सय ६५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : कालिका पावर कम्पनी रहेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ६ सय ४३ रुपैयाँ ५० पैसा पुगेको छ । युनिभर्सल पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर ४ सय ५३ रुपैयाँ २० पैसा पुगेको छ । ग्रिनलाइफ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर ५ सय ३९ रुपैयाँ पुगेको छ । त्यस्तै आज घलेम्दी हाइड्रोको सेयर पनि बढेको छ । आज हाइड्रो सेयर १० प्रतिशतले बढेर ३ सय ८६ रुपैयाँ १० पैसा पुगेको छ । जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेर १ हजार ८८ रुपैयाँ पुगेको छ । ङादी ग्रुप पावरको सेयर ९.७४ प्रतिशतले बढेर ९ सय ६९ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको पनि सेयर बढेको छ । आज कम्पनीको सेयर ९.५७ प्रतिशतले बढेर ५ सय १५ रुपैयाँ पुगेको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको सेयर ९.५० प्रतिशतले बढेर ८ सय ७६ रुपैयाँ पुगेको छ र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर ९.३९ प्रतिशतले बढेर ६ सय ६ रुपैयाँ पुगेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।