लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार सामान्य बढेको छ । आज नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पगेको छ ।
झिनो अंकले बढेको बजारमा आज लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ६.९८ प्रतिशतले घटेर १२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : चन्द्रागिरि हिल्सको ३.८६ प्रतिशतले घटेर १ हजार ६ सय ७० रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेण्ट बैंकको ३.६४ प्रतिशतले घटेर ७ सय ९५ रुपैयाँ पुगेको छ । त्यसैगरी कुमारी इक्विटी फण्ड रहेको छ । आज कम्पनीको सेयर ३.५५ प्रतिशतले घटेर १० रुपैयाँ ६१ पैसा पुगेको छ । प्रभु इन्स्योरेन्सको सेयर ३.१४ प्रतिशतले घटेर १ हजार ८० रुपैयाँ पुगेको छ । एनआईबिएल समृद्धी फण्ड २ को सेयर ३.०७ प्रतिशतले घटेर १० रुपैयाँ ७५ पैसा पुगेको छ ।
त्यसैगरी, मञ्जुश्री फाइनान्स लिमिटेको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर २.८७ प्रतिशतले घटेर १ हजार २ सय ८५ रुपैयाँ पुगेको छ । लक्ष्मी उन्नती कोषको सेयर २.८० प्रतिशतले घटेर १२ रुपैयाँ १५ पैसा पुगेको छ । प्रोगेशिभ फाइनान्स लिमिटेडको सेयर २.७७ प्रतिशतले घटेर ४ सय ५७ रुपैयाँ पुगेको छ र सनराइज ब्लुचिप फण्डको सेयर २.७४ प्रतिशतले घटेर १० रुपैयाँ २९ पैसा पुगेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।