Like us!
Follow us!

युनियन लाइफको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

युनियन लाइफको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पनि साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ । अब भाेलि साेमबारबाट काराेबार सुरू हुनेछ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

610661458745f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।