लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।
कम्पनीकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ । अब भाेलि साेमबारबाट काराेबार सुरू हुनेछ ।
संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।