लगानी खबर, काठमाडौं - यस हप्ताको पहिलो कारोबार दिन आज (आइतबार) जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर १० प्रतिशले बढेर १ हजार ८८ रुपैयाँ पुगेको छ । कालिका पावर कम्पनीको सेयर कारोबारमा पनि सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशलतले बढेर ६ सय ४३ रुपैया ५० पैसा पुगेको छ ।
त्यस्तै आज घलेम्दी हाइड्रोको सेयर पनि १० प्रतिशले बढेर ३ सय ८६ रुपैयाँ १० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.६१ अंकले बढेर ३०८२.४२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.३० अंकले बढेर ५७२.२१ विन्दुमा पुगेको छ । त्यस्तै ५ अर्ब ६६ करोड २४ लाख ६२ हजार ५ सय ८३ रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।