Like us!
Follow us!

साधना लघुवित्तको नाफा १९६.३४ प्रतिशतले बढ्यो, ईपीएस कति ?

साधना लघुवित्तको नाफा १९६.३४ प्रतिशतले बढ्यो, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफासहित प्रमुख वित्तीय सूचकहरू बढेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९६.३४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.९० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १४ करोड ३ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा ३३९.३५ प्रतिशतले बढेर १५ करोड २० लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड ४६ लाख १२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५२ रूपैयाँ २८ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५० पैसा रहेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।