लगानी खबर, काठमाडाैँ - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १७२.६५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५४.९३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन नाफा १४९.३९ प्रतिशतले बढेर १८ करोड ५२ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ७ करोड ४२ लाख ६१ हजार रूपैयाँ रहेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि १७ करोड ३४ लाख ७३ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा रहेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।