Like us!
Follow us!

राष्ट्र बैंकबाट इन्फिनिटी लघुवित्तले पायो नेपाल एग्रोलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

राष्ट्र बैंकबाट इन्फिनिटी लघुवित्तले पायो नेपाल एग्रोलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

लगानी खबर, काठमाडाैँ - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएकाे छ । राष्ट्र बैंकले हिजाे (साउन १५ गते, शुक्रबार) मर्जर तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।  

दुवै कम्पनीकाे असार २१ गते, साेमबार सम्पन्न भएकाे साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडबीच प्राप्ति सम्बन्धी सम्झौतामा माघ २६ गते, आइतबार हस्ताक्षर भएको थियो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९८ काे स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि इन्फिनिटीको नाममा ९८ कित्ता सेयर प्राप्त गर्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।