लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै सामूहीक लगानी काेषकाे लाभांश घाेषणा गरिएकाे छ ।
याेजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलकाे हिजाे (श्रावण १५ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घाेषणा गरेकाे हाे ।
एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने गरी लाभांश घाेषणा गरिएकाे क्यापिटलले जानकारी दिएकाे छ ।
क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।