Like us!
Follow us!

साप्ताहिक सेयर समिक्षा : कुन कम्पनीका लगानीकर्ताले कमाए ? कुन कम्पनीकाले गुमाए ?

साप्ताहिक सेयर समिक्षा : कुन कम्पनीका लगानीकर्ताले कमाए ? कुन कम्पनीकाले गुमाए ?

लगानी खबर, काठमाडाैँ - याे साता सेयर बजारले अर्को नयाँ उचाई कायम गरेको छ । बुधबार सेयर बजार ३०९४.९४ विन्दुमा पुगी बन्द भयाे । याे विन्दु बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से परिसूचक ३११३.५९ विन्दुसम्म पुगीसकेकाे छ ।

यस साता नेप्से परिसूचक ७५.५२ अंकले बढेर ३०७९.८३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३००४.३१ विन्दुमा रोकिएको थियो ।  यस साता सेन्सेटिभ परिसूचक पनि ८.६१ अंकले बढेर ५७०.८५ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ५६२.२४ विन्दुमा रोकिएको थियो । 

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि वृद्धी भएको छ । यस साता औसतमा दैनिक १३ अर्ब ५५ कराेड भन्दा माथीको कारोबार भएको छ । याे साता धेरैमा १५ अर्ब १७ कराेड र थाेरैमा १० अर्ब ९१ कराेडकाे काराेबार भयाे ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा बजार पुँजीकरण पनि हालसम्मकै उच्च भएकाे छ । याे साता बजार पुँजीकरण ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजारसम्म पुग्याे । बुधबार बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको हाे ।

यस साता कारोबार भएका अधिकांश सूचीकृत समूहमा वृद्धि भएपनि २ वटा समूहको सूचक भने घटेको छ । यस साता घट्ने समूहहरूमा बैंक र म्युचुअल फण्ड रहेका छन् ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचुअल फन्ड–२ का लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश एनआइसी एसिया ग्रोथ फन्ड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे साधारण सेयर (आईपीओ) यस साता नेप्सेमा सूचीकृत भएकाे हाे । आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ५७ हजार ५ सय कित्ता सेयर, नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ३ लाख ९० हजार कित्ता सेयर र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।