लगानी खबर, काठमाडाैँ - युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएकाे थियाे ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।