Like us!
Follow us!

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।
लगानी खबर, काठमाडौं - बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७८ साल साउन १५  गते का.म.पा. ३ वडाको मुल सडक  महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको हाे ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाण्डौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।