लगानी खबर, काठमाडौं- अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई पनि स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले हिजो (बिहिबार) स्पष्टिकरण पेश गर्ने पत्र नेप्सेमा पठाएको हो । विभिन्न संचारमाध्यम प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण गराउँदै मन्त्रालयले ३ दिने स्पष्टिकरण सोधेको हो ।
मन्त्रालयका शाखा अधिकृत श्याम प्रसाद आचार्यको पत्रमा भनिएको छ 'विभिन्न संचार माध्यममा प्रकाशित तहाँ लिमिटेडसंग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । संचार माध्यममा आएका उक्त विषयवस्तुको समबन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ (तीन) भित्र यस मन्त्रालयमा उपलब्ध गराईदिनि हुन आदेशानुसार अनुरोध छ' ।
बोर्डले अध्यक्ष चन्द्र सिंह साउदले आफ्नो श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको समाचार संचारमाध्यममा आएपछि मन्त्रालयले स्पष्टिकरण सोधेको हो । यस कम्पनीले बुक विल्डिग विधिबाट आईपिओ निष्कासन गर्ने तयारी गरेको छ ।
यसअघि अर्थमन्त्रालयले धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा राखेको भेटिएको समाचार सार्वजनिक भएपछि बोर्डलाई स्पष्टिकरण सोधेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।