लगानी खबर, काठमाडौं - साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको श्रावण १२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ ५ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्तापूँजीको ११.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।