Like us!
Follow us!

ग्रामीण विकास लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

ग्रामीण विकास लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

लगानी खबर, काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार भर्चुअल माध्यमबाट आगामी भदौ ५ गते, शनिबार कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्तको प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसैले साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन पाउनेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।