लगानी खबर, काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) भर्ने म्याद थपिएकाे छ ।
यसअघि सबै बिक्री भएमा साउन १७ गतेसम्म र उक्त अवधिभर बिक्री नभएमा साउन ३२ गतेसम्म दिन पाइने भनिएकाे थियाे । कम्पनीकाे आईपीओ सबै बिकीसकेकाे छ । तर आयोजना प्रभावितहरुले सेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेकाे हाे । अब यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।