Like us!
Follow us!

एनआईबिएल प्रगती फण्ड र समृद्धि फण्ड-१ द्धारा लाभांश घोषणा

एनआईबिएल प्रगती फण्ड र समृद्धि फण्ड-१ द्धारा लाभांश घोषणा

लगानी खबर, काठमाडौं - एनआईबिल म्युचुअल फण्ड अन्तरर्गत एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहि संचालनमा रहेका एनआईबिएल प्रगती फण्ड र समृद्धि फण्ड-१ को बम्पर लाभांश घोषणा भएको छ । 

योजनाम व्यवस्थापकको हिजो (बिहिबार) बसेको बैठकले एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुका लागि ५० प्रतिशत लाभांश (करसहित) र एनआईबिएल समृद्धि फण्ड १ का ईकाइधनीहरुका लागि ३५ प्रतिशत (करसहित) लाभांश घोषणा गरेको हो । 

एनआईबिएल समृद्धि फण्ड १ का ईकाइधनीहरुलाई ३५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिन लागेको हो, भने एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुका लागि ३७ करोड ५० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागिएको क्यापिटलले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।