Like us!
Follow us!

आरएमडिसी लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

आरएमडिसी लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा संस्थाले २३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २८ करोड ६० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि २९.३९ प्रतिशतले घटेर ३१ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४५ करोड २१ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२.२४ प्रतिशतले घटेर ४० करोड ३९ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार १४.९६ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको गिरावटसंगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा घटेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ३ पैसा रहेको छ, भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ६०.०६ गुणा रहेको छ ।

समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावट र खराब कर्जामा आएको वृद्धिले पनि खुद मुनाफामा गिरावट आएको हो । 

61038f5ec3389.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।