Like us!
Follow us!

स्वरोजगार लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता छन् ?

स्वरोजगार लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको मुनाफामा वृद्धि भएको छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा संस्थाले १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६९.६४ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ७२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि ६०५.०६ प्रतिशतले बढेर १३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ९५ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३३.९३ प्रतिशतले बढेर ३४ करोड २ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ७३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा संस्थाको जगेडा कोषको आकार ८८.७९ प्रतिशतले वृद्धि भएको हो ।  

खुद मुनाफामा आएको वृद्धिसँगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा बढेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३९.९८ गुणा रहेको छ ।

समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको वृद्धिले पनि खुद मुनाफामा उछाल आएको हो । 

61038b0035007.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।