लगानी खबर, काठमाडाैँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १४ हजार २ सय २४ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ३ सय ३५ जनामा र एन्टिजेन विधिबाट एक हजार ३० जनामा गरि कूल ३ हजार ३ सय ६५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा १४ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३ सय ७३ जना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।