Like us!
Follow us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज कति थपिए ? हेर्नुहोस्

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज कति थपिए ? हेर्नुहोस्

लगानीखबर, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला छन् ।

यस्तै पुरुषहरुमा पर्साको ७५ वर्षीय, महोत्तरीको ७८ वर्षीय, काठमाडौंको ४१ वर्षीय, ५९ वर्षीय र ६० वर्षीय साथै रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ संक्रमित कोरोना भाइरसमुक्त भएका छन् । हालसम्म ४५ हजार २७७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ हजार १२७ जना संक्रमित कोरोनामुक्त भइ घर फर्किसकेका छन् । 

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । नेपालमा ६ जिल्लाहरु: मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु र ताप्लेजुङ कोरोनामुक्त भएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।