Like us!
Follow us!

नेप्सेमा जीवन विकास लघुवित्तको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

नेप्सेमा जीवन विकास लघुवित्तको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) बाट जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार सुरू भएकाे छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएकाे छ । कम्पनीकाे १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा काराेबार भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

बुधबार कम्पनीकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।