Like us!
Follow us!

एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन

एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन

लगानीखबर, काठमांडौ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । 

इन्स्योरेन्सले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज साउन १४ गते बुकक्लोज गरेसंगै कम्पनीको सेयर मूल्य समायोजन गरिएको हो । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो । 

समायोजन पछि कम्पनीको सेयर मूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ । आजको कारोबारमा कम्पनीको सेयर मूल्य ११९८.१८ रुपैयाँ काएम भएको छ ।

नेप्सेले हिजो अर्थात बुधबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता १ हजार ३१८ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आज साउन १४ गते गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले साउन हिजो १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।