लगानीखबर, काठमांडौ- मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) मा सर्वसाधारणले आजबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते, बुधबार अनुमति प्रदान गरेको थियो ।
निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ ।
कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । आईीपओमा पर्ने आवेदकको संख्यालाई हेर्दा यो कम्पनीको आईपिओमा पनि १० कित्ता नै आवेदन गर्नु उपयुक्त हुन्छ भने आईपिओ पाउन भाग्यकै भर पर्नुपर्ने देखिन्छ ।
मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरको थियो । अहिले बाँकी २० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७४ असोज २० गते आईपीओ जारी गर्नको लागि निवेदन दिएको थियो । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।