लगानीखबर, काठमांडौ- मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य व्यापक बृद्धि भएको देखिन्छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८१.९० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४९०।१६ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख रपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ३३४.१४ प्रतिशतले बृद्धि भएको हो ।
खुद मुनाफामा आएको उछालसंगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा ब्यापक बृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ४०.२२ गुणा रहेको छ ।
समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको बृद्धि र खराव कर्जामा आएको गिरावटले खुद मुनाफामा उछाल आएको हो । विभिन्न लघुवित्त संस्थाहरुलाई आफुमा गाभेको यो लघुवित्त, मर्जर तथा एक्विजिशनपश्चात बलियो बन्दै गएको देखिन्छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।