Like us!
Follow us!

दिनहुँ बढ्दै कोरोना संक्रमणदर, सतर्क रहन विज्ञहरुको आग्रह

दिनहुँ बढ्दै कोरोना संक्रमणदर, सतर्क रहन विज्ञहरुको आग्रह

लगानी खबर, काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर दिनहुँ उकालो लाग्न थालेको छ  । योसँगै विज्ञहरुले तेस्रो लहर आउन सक्ने भन्दै तयारी अवस्थामा रहन र सतर्क रहन आग्रह गर्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ९ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, बितेको २४ घण्टामा ३३ जना संक्रमितको मृत्यू भएको छ । 

मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको। अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोजदेखि सङ्क्रमणको तेस्रो लहर आउने मन्त्रालयले जनाएको छ । 

तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने मन्त्रालयले जनाएको  छ । यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।