Like us!
Follow us!

पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

लगानीखबर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३४९ जना महिला र ६९२ पुरुष छन् । काठमाडौं उपत्यकाका मात्रै ४०८ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिगत २४ घण्टामा १२ हजार ४७३ पिसिआर परिक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेस्वर गौतमले जनाकारी दिए । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८७०  रहेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ५६६ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै २७ हजार १२७ जना संक्रमित कोरोनामुक्त भइ घर फर्किसकेका छन् । हाल संस्थागत आइसोलेसनमा ९ हजार ८६६ र होम आसोलेसनमा ८ हजार ४ जना छन् । 


त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।