Like us!
Follow us!

सेयर बजारको उकालो यात्रा कायमै, ३ कम्पनीको सेयर मूल्यमा सर्किट

सेयर बजारको उकालो यात्रा कायमै, ३ कम्पनीको सेयर मूल्यमा सर्किट

लगानी खबर, काठमाडौं - सेयर बजारले आज (बुधबार) नयाँ रेकर्ड राखेको छ  । आज सेयर बजार दोहोरो अंकले बढेको हो  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर मापक नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४ बिन्दुमा पुगी रोकिएको छ  । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । आज नेप्से ०.५० प्रतिशतले बढेको हो ।

यसअघि हिजो (मंगलबार) मात्र सेयर बजारले नयाँ रेकर्ड राखेको थियो । मंगलबार नेप्से अंकले २९.२४ बढेर नेप्से परिसूचक बढेर ३०७९.६७ बिन्दुमा पुगेको थियो ।

आज कूल २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४  हजार ५३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

आज कूल १३ वटा उपसमूहमध्ये ९ समूहको सेयरमूल्य बढेको छ भने बाँकि ४ कम्पनीको सेयर घटेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।