Like us!
Follow us!

सबैको लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

सबैको लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य व्यापक वृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २३१.८७ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ४४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १७६.६२ प्रतिशतले बढेर १५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ४७ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ४८.९८ प्रतिशतले बढेर २६ करोड ७७ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २० करोड ६० लाख रुपैयाँ र जगेडा कोषमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार १९५.९६ प्रतिशतले वृद्धि भएको हो ।  

खुद मुनाफामा आएको उछालसँगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा व्यापक वृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५५ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पीई रेसियो) ३२.७१ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।