Like us!
Follow us!

अपी पावरको २ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा, मूल्य कति ?

अपी पावरको २ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा, मूल्य कति ?

लगानी खबर, काठमाडौं - अपी पावर कम्पनी लिमिटेडको अवितरित २ लाख बढी कित्ता हकप्रद सेयर आज (साउन १३ गते)बाट लिलामीमा बिक्री खुल्ला भएको छ। 

कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमध्ये बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता बिक्री सेयर कम्पनीले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघ र संस्थाले बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादखि अधिकतमका सम्पूर्ण कित्ताका लागि आज (साउन १३ गते) देखि साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कहाँ-कहाँबाट दिने आवेदन ?
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादी हात्तीसारस्थित प्रधान कार्यालय वा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु थिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), इटहरी (सुनसरी), इलाम, पृथ्वीचोक (पोखरा), बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।