Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (साउन १३ गते, बुधबार) अन्तिम दिन  रहेको छ। 

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (साउन १४ गते, बिहिबार) बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

कम्पनीको १५ औँ वार्षिक साधारणसभा  साउन २१ गते हुँदैछ । उक्त प्रस्तावित लाभांश सोहि सभाले पारित गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।