Like us!
Follow us!

आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्र उत्थानको नाफामा उछाल

आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्र उत्थानको नाफामा उछाल

लगानी खबर, काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गर्न गरेको छ। यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २०० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ६७.९८ प्रतिशतले बढेर १८ करोड ६६ लाख रुपैयाँ पुगेको  छ । अघिल्लो वर्ष कम्पनीले ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २७०.९२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ।

हाल चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १२ करोड रुपैयाँ छ ।   

संस्थाले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्दैछ । आइपीओ निष्कासन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागिसकेको छ । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 
राष्ट्र उत्थानले आइपीओ निष्कासनका लागि रेटिङ पनि सम्पन्न गरेको छ । यस आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।