Like us!
Follow us!

नेप्सेमा लक्ष्मी उन्नती कोषको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

नेप्सेमा लक्ष्मी उन्नती कोषको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामुहिक लगानी कोष लक्ष्मी उन्नती कोषको मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत लाभांश मा मूल्य समायोजन गरिएको हो ।

समायोजन अघि आर्थात हिजोको अन्तिम कारोबारमा कोषको प्रति इकाई मूल्य १५.१२ कायम भएको रहेको थियो । समायोजनपछि कोषको प्रति इकाई मूल्य १२.६२ कायम भएको छ  । 

कोषले नगद लाभांश वितरण गर्नको लागि आज साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।  त्यसैले हिजो साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषको श्रावण ५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस योजनाको इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो । 

आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्ने यो कोष पहिलो हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।