Like us!
Follow us!

एभरेष्ट बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन  गर्ने

एभरेष्ट बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन  गर्ने

लगानी खबर, काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएकाे छ । 

बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” नाममा प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरकाे २० लाख कित्ता ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

यो ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा एभरेस्ट बैंक लिमिटेडको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

एभरेष्ट बैंक लिमिटेडले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको  छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।