Like us!
Follow us!

सेयर बजारमा नयाँ रेकर्ड, १५ अर्बमाथिको कारोबार

सेयर बजारमा नयाँ रेकर्ड,  १५ अर्बमाथिको कारोबार

लगानी खबर, काठमाडौं -  आज (मंगलबार) सेयर बजारले पुन: नयाँ रेकर्ड राखेको छ । यसअघि आइतबार राखेको रेकर्डलाई तोड्दै बजारले नयाँ रेकर्ड राखेको हो ।

आइतबार) सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा पुगी नयाँ रेकर्ड बनाएको थियो   । 

आज (मंगलबार) सो रेकर्ड तोड्दै नेप्से परिसूचक ३०७९ को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.२४ अंकले बढेर ३०७९.६७ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो  ।  आज नेप्से ०.९६ प्रतिशतले बढेको हो । 

आज कूल २२५कम्पनीको ३ करोड २३ लाख ५५ हजार ६२० कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि दिनहुँ बढिरहेको छ । 

आज कूल १३ वटा उपसमूहमध्ये ९ समूहको सेयरमूल्य बढेको छ भने बाँकि ४ कम्पनीको सेयर घटेको छ । आज उत्पादन समूहको सेयरमूल्य सबैभन्दा बढी वृद्धि भएको छ । मंगलबार ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।