लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
आज मल्टीपर्पस फाइनान्स कम्पनी, यूनाइटेड इदी मर्दी आर बि हाइड्रोपावर र यूनाइटेड मोदीहाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो । यूनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ८९ रुपैया ६० पैसा पुगेको छ ।
त्यस्तै, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८६ रूपैयाँ २० पैसा पुगेको छ । मंगलबार यूनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशतले बढेर ४ सय ७९ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यसैगरी, अन्य ४ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । मंगलबार हिमालय उर्जा विकास कम्पनी, युनिभर्सल पावर, ग्रिनलाईफ हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।