Like us!
Follow us!

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो सोमबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।