Like us!
Follow us!

लगानी गर्ने हाेइन ? मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेबाट बजारमा आउँदै

लगानी गर्ने हाेइन ? मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेबाट बजारमा आउँदै

लगानी खबर, काठमाडाैँ - मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन  तथा बिक्री खुल्ला गर्ने भएको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरमा जारी पुँजीको ३६% अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ०.५% अर्थात् ५ हजार ४ सय ६९ कित्ता कर्मचारीलाई र ५% अर्थात् १९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी काेषलाई र बाँकी ३ लाख ६८ हजार ५ सय ९३ कित्ता सर्वसाधारणलाई छुट्याएको छ । 

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । संस्थाको आईपिओमा लगानीकर्ताले सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।