लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्ट्याइएका छ । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो।
कम्पनीको उक्त आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आईपीओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ ।
कम्पनीकोआईपीओमा आवेदन दिन इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै जेठ ९ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
वित्तीय अवस्था कस्तो छ ?
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ११.७५ प्रतिशतले बढेर ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । जीवन बीमा कोष रकम पनि बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ ।
आईपीओको बारेमा थप जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।