Like us!
Follow us!

मुक्तिनाथ विकास बैंकको ऋणपत्र भर्ने अन्तिम मौका आज

मुक्तिनाथ विकास बैंकको ऋणपत्र भर्ने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र भर्ने आज (साउन ११ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।

बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको  ‘मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४/८५’ नाममा ऋणपत्र निष्कासन गरेको हो । 

को हो बिक्री प्रबन्धक ?
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

60ff90d662b23.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।