Like us!
Follow us!

लक्ष्मी इक्विटी फन्डकाे ७४ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

लक्ष्मी इक्विटी फन्डकाे ७४ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

लगानी खबर, काठमाडाैँ - लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले २०७८ साल असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असार मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तकाे तुलनामा ३२ पैसाले घटेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ १३ पैसा रहेकाे थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । उक्त लगानी जेठ मसान्तकाे तुलनामा १६ करोड ४ लाख ५४ हजार रुपैयाँले धेरै हाे । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८८ करोड ३७ लाख ७९ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, लक्ष्मी इक्वीटी फण्डले विभिन्न प्रकारका ७४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ७८ करोड ४३ लाख ९० हजार रुपैयाँमा झरेकाे छ । जेठ मसान्तसम्मकाे तुलनामा १६ करोड १ लाख १४ हजार रूपैयाँले घटेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ९४ करोड ४५ लाख ४ हजार रूपैयाँ रहेकाे थियाे ।

60fe5f5588b6e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।