Like us!
Follow us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा कहिले सूचिकृत हुन्छ ? यस्तो छ तयारी

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा कहिले सूचिकृत हुन्छ ? यस्तो छ तयारी

लगानी खबर, काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको लामो समय बितिसक्दा पनि दास्रो बजार कारोबारका लागि हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत हुन सकेको छैन । 

संस्थाको आईपीओ बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको जिम्मेवारी पाएको एनएमबि क्यापिटलका अनुसार संस्थाको आईपीओ यसैसाता भित्रमा नेप्सेमा सूचिकृत गर्ने गरी तयारी गरिरहेको छ ।
क्यापिटलका अनुसार सकेसम्म यसै साता र नसकेमा अर्को सातासम्ममा नेप्सेमा सूचिकृत हुनेछ । 

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड असार २८, सोमबार निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका थिए । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी  १९ लाख १५ हजार एक सय ७२ आवेदकको भने हात खाली भएको थियो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।