Like us!
Follow us!

मध्य भोटेकोशीको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

मध्य भोटेकोशीको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

लगानी खबर, काठमाडाैँ - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुन : निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा १३ हजार भन्दा धेरै आवेदकले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका आइतबार साँझसम्ममा १३ हजार ७ सय ५९ जना आवेदकबाट ९ करोड ५६ लाख ३२ हजार ७ सय रूपैयाँ बराबरकाे २९ लाख ५६ हजार ३ सय २७ कित्ताका लागि आवेदन परेकाे छ । 

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि  छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।