लगानी खबर, काठमाडौं - आज (आइतबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । सेयर बजार मापक नेप्से परिसूचकले ३०५८ बिन्दु पार गरी यसअघिको रेकर्ड तोडेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज (आइतबार) सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा पुगेको हो । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि गते जेठ ३१ गते नेप्से ३०२५ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
सेयर बजारमा नयाँ रेकर्ड बन्दा आइतबार ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार विशालबजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।