लगानी खबर, काठमाडौं - लामो समयपछि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । सेयर बजारले झन्डै डेढ महिनापछि नयाँ रेकर्ड राखेको हो । गत जेठ ३१ गते सोमबार ऐतिहासिक रेकर्ड राखेको बजारले लामो समयपछि पुन: नयाँ रेकर्ड राखेको हो । आइतबार कारोबार रकममा पनि उछाल आएको छ ।
आज (आइतबार) सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा पुगेको हो । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । आज नेप्से १.८१ प्रतिशतले बढेको हो । गते जेठ ३१ गते नेप्से ३०२५ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
आज कूल २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि लामो समयपछि १४ अर्बको बिन्दुमा पुगेको हो । जेठ ३० गते आइतबार सेयरमा बजारमा १९ अर्ब ५५ करोडको कारोबार भई नयाँ रेकर्ड बनेको थियो ।
आज कूल १३ वटा उपसमूहमध्ये ११ समूहको सेयरमूल्य बढेको छ भने बाँकि २ कम्पनीको सेयर घटेको छ । आज बैंकिङ्ग समूहको सेयरमूल्य सबैभन्दा बढी वृद्धि भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।