Like us!
Follow us!

कोरोनाका लक्षण भएका व्यक्तिहरूले खोप लगाउने कि नलगाउने ?

कोरोनाका लक्षण भएका व्यक्तिहरूले खोप लगाउने कि नलगाउने ?

लगानी खबर, काठमाडाैँ - केही समय अघिदेखि नै नेपाल सरकारले काेराेनाविरूद्धकाे खाेप वितरण गरिरहेकाे छ । नागरिकहरूकाे समूह छुट्याई खाेप केन्द्रहरू ताेकिएका हुन्छन् । स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर खाेप लगाइन्छ ।

यसैबीच कोरोनाका लक्षण भएका व्यक्तिहरूले खोप लगाउने कि नलगाउने भन्ने कुरा पनि जान्नु जरूरी छ । 

यदि तपाईँ काेभिड संक्रमित हुनुहुन्छ अथवा तपाईँमा काेभिडका सक्रिय लक्षणहरू देखापरेकाे छ भने त्यस्ताे बेलामा खाेप लगाउन जानु हुँदैन । काेभिड भएकाे बेलामा खाेप लगाएर फाइदा हुँदैन । झन् खाेप केन्द्रमा भएकाहरूलाई काेराेना भाइरस सर्न सक्छ । त्यसैले संक्रमणमुक्त भएकाे एक महिनापछि मात्र खाेप लगाउन जानुहाेला ।

सरकारले थप खाेपकाे व्यवस्था गरिरहेकाे हुनाले कोरोनाका लक्षण भएका व्यक्तिहरूलाई खाेप लगाउन हतार नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60fd14f651c3c.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।