Like us!
Follow us!

खल्तीकाे नयाँ अफर : मोबाइल टपअपमा नेपालकै सबैभन्दा बढी क्यासब्याक पाइने

खल्तीकाे नयाँ अफर : मोबाइल टपअपमा नेपालकै सबैभन्दा बढी क्यासब्याक पाइने

लगानी खबर, काठमाडाैँ - खल्ती डिजिटल वालेटले खल्तीमा दर्ता गरिएको आफ्नो मोबाइल नम्बर टपअपमा १०% क्यासब्याक पाइने अफर ल्याएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ। 

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनीकरण गरी ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताएका छन् । 

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसी भेरिफाइड रहेको खल्ती आई.डी. कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ । हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १०० हुनेछ। त्यसपश्चात् १% Cashback उपलब्ध हुनेछ। आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १% Cashback उपलब्ध हुनेछ। रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्री मा पुरै Cashback पाएको देख्न सकिनेछ।

१०% क्यासब्याक प्राप्त गर्न :

१. खल्ती एपको टपअप अप्सन मा गई खल्ती आइडिमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने 

२. सबै विवरण ठिक भएको निश्चित गरि “ओके” बटन मा ट्याप गर्ने

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।